झापामा मानव अधिकारको अन्तरक्रिया समापन

0
239

झापा, मंशिर २४, / राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले विर्तामोडमा आज बिहान प्रभात फेरी सहित अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष डा. नविन चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नम्बर १ का संयोजक मोहनदेव जोशीले मानव अधिकारका बिषयहरु र मानवअधिकार सम्बन्धिका अभिसन्धिहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

७० औं विश्व मानवअधिकार दिवसको अवसरमा प्रतिष्ठानले जिल्ला स्तीरय कार्यक्रम गरेको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोईरालाले झापा जिल्लामा भएको मानवअधिकार उलंघनका घटना साथै जिल्लामा मानवअधिकार रक्षाको चुनौतिका बारेमा कर्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालीका उपप्रमुख कमला आचार्य र मानव अधिकार सञ्जाल बिर्तामोडका संयोजक विष्णु खरेलले मानव अधिकार रक्षाको लागी सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने धारणा राख्नु भयो । प्रभातफेरि कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीले प्ले कार्ड सहित सहभागीता जनाएका थिए ।

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here