दुर्घटनामा फुएतप्पाका बिर्खबहादुरको मृत्यु

0
188

रवि २३ मंसिर / इलामको फाकफोकथुम गाँउपालिका–४ फुएतप्पामा मोटसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रबीबाट फुएतप्पा तर्फ जाँदै रेको मे १ प १४३९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानिय ८३ वर्षीय बिर्खबहादुर मग्रान्तीको मृत्यु भएको हो ।

साँझ ६ बजेको समयमा मोटरसाइकलले ठक्कर दिएपछि स्थानिय प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि झापाको विएन्डसी अस्पतालमा उपचारको क्रममा साढे १० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

मोटरसाइकल इलाका प्रहरी कार्यालय रबी र चालक इलाका प्रहरी कार्यालय अनारमनी झापाको नियन्त्रणमा रहेका छन् । त्यसैगरी रोङ गाँउपालिका–४ दुमी चौक स्थित मेची राजमार्गमा हायस गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मेची राजमार्गको कन्यामबाट बिराटनगर तर्फ जाँदै गरेको को १ ज १७८५ नम्बरको हायस ब्रेक फेल भई सडक मास्तिरको भित्तामा पल्टन गई चालकसहित १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here