दमकमा दुर्घटना, बाबु छोराको मृत्यु

0
507

दमक,२५ मंसिर/ मंगलबार दिउसो झापाको दमक चोकमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु भएको छ । भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६५ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिएका छन् ।

ठक्करबाट सख्त घाइते बाबुको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको हो भने चालक छोराको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको एच आर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशा तर्फ जादै गरेको को.३३ प. ७९४५ नम्बरको मोटरसाईकललाई दमकको पश्चिम बस स्टेण्ड चोक सडक खण्डको ट्राफिक पोष्ट अगाडी ठक्कर दिएको थियो ।

अघिल्लो दिन सोमवार दिउसो सोहि क्षेत्रमा स्कुल बसको ठक्करबाट झापाको कमल गाँउपालिका–५ स्थित पाडाजुंगी सडक खण्डमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको थियो । पूर्वबाट दमक तर्फआउदै गरेको दमकस्थित ग्लोवल एजुकेशन एकाडेमीको को.१ क.२३९० नम्बरको स्कुल वसले बाटो काट्ने क्रममा ठक्कर दिदाँ झापा,गौरादह नगरपालिका वडा नम्बर ४ का ६२ बर्षिया निर्मला कार्कीको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा दिनहुँजसो दुर्घटना हुने गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here