ठगी प्रकरण = ओझाविरुद्ध उजुरीको ओइरो

0
150

मंसिर १८, २०७५ विराटनगर / विराटनगरमा तीनवटा घर भाडामा लिएर नक्कली विद्युत परियोजना र बिजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगी गर्ने गुणराज ओझा पक्राउ गरेपछि उनीविरुद्ध उजुरी दिने बढेका छन्। मोरङको लेटाङ नगरपालिका तीन घर भइ विराटनगर ५ जामुनगाछीस्थित सुुसुरालीमा बस्दै आएका ५५ वर्षीय ओझालाई मोरङ प्रहरीले मंसिर ११ गते राति विराटनगरबाट पक्राउ गरेको थियो।

ओझा पक्राउ परेसँगै अहिले दैनिकजसो उनीविरुद्ध उजुरी आउने गरेको मोरङ प्रहरीको प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। अहिलेसम्म ओझाबाट ठगिएको भन्दै मोरङ प्रहरीमा २१ वटा उजुरी आएको प्रहरीले जनाएको छ। ओझा पक्राउ परेको समाचार विभिन्न सञ्चारमाध्यमा आएपछि उनीविरुद्ध प्रहरीमा उजुरी दिने आउने पीडितको लर्काे लागेको छ।

अहिले उजुरी आइरहेको हुनाले ओझाले कति रुपैयाँ ठगी भन्ने खुलिसकेको छैन। अनुसन्धानकै क्रममा रहेकोले ओझाले एकमुष्ठ कति ठगी गरे त्यो भनेपछि खुल्ने प्रहरीले जनाएको छ। ओझाले एक जनाबाट पाँच हजारदेखि चारलाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी प्रहरीमा परेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको आफू विश्वास पात्र रहेको बताउने ओझाले विराटनगर ४ कञ्चनबारी पश्चिम साझा मार्गमा ‘तमोर मेवाखोला जलविद्युत्त आयोजना पब्लिक लिमिटेड र बिजनेस म्यानेजमेण्ट ग्रुप (बिएमजी)’ नामक नक्कली कम्पनी खोलेर ५० जना व्यक्तिलाई विभिन्न मितिमा नियुक्ति दिएका थिए।

ओझाले २०७४ चैतदेखि यता विभिन्न मितिमा कर्मचारी नियुक्ति गरी उल्टो ऋण लिएर सम्पर्कविहीन भएका थिए। महिनौसम्म तलव नदिई सापटी लिएको रकमसमेत फिर्ता नगरेपछि खोजी गर्दा कम्पनी नै फर्जी भएको खुलेको थियो। उनले कम्पनी रजिष्ट्ररको कार्यालयमा समेत दर्ता नभएको पाइएको छ। कर्मचारीले तलब माग्दा ओझाले बाउन्स चेक दिने गरेको पीडितहरू बताउँछन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here