इलामको माङसेबुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइनेः मुख्य मन्त्रि राई

0
661

दमक,१८ मंसिर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले इलामको माङसेबुङ क्षेत्रलाई नेपालको एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री राईले हिजो पृथक विशेषताको माङसेबुङलाई नेपालकै धार्मिक पर्यटकीय स्थल बनाउन संघीय र प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

धार्मिक पर्यटकीय क्षेत्र बनाउन सबै क्षेत्रको विकास आवश्यक रहेको बताउँदै मुख्यमन्त्री राईले गुरुयोजना निर्माण गरी योजनाको माग आए कार्यान्वयनका लागि सरकार तयार रहेको प्रतिवद्धता जनाउनुभयो । यस क्षेत्रको मुख्य समस्या दमक रवि सडक रहेको त्यसका लागि आगामी ३ वर्षभित्र कालोपत्रे गरिसक्ने गरी संघीय सरकारबाट २ अर्ब ३० करोड रकमको व्यवस्था भईसकेको उहाँले. जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङलाई समृद्ध बनाउन बजेट व्यवस्थापनका लागि प्रदेश सरकार तयार रहेको समेत जानकारी दिुनभयो । सम्बोधनका क्रममा मुख्यमन्त्री राईले राष्टिय विभूति महागुर फाल्गुनन्द लिङदेनले समाज सुधारका लागि गरेको कार्यको प्रसशां समेत गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here