दमकमा प्रहरी मृत

0
202

दमक१७ मंसिर / झापाको दमकस्थित इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आइतबार दिउँँसो मृत फेला परेका छन् । दुई महिना अघिदेखि इलाका प्रहरी कार्यालय दमकमा कार्यरत संखुवासभा,खाँदबारी नगरपालिका ३ घर भएका २४ बर्षीय टेकराज पौडेल मृत भेटिएका हुन् ।

दमक ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडी तिर्थराज बजगाईको घरमा डेरा गरी बस्दै आएका पौडेल कपडाको पासो लागाएर आफनै कोठामा झुण्डिएको अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।

डेरामा एक्लै बस्दैआएका पौडेल विहान ड्यूटी सकेर डेरा आएका र करिब ११ वजे उनी मृत भेटिएका हुन् । त्यसअघि उनीले श्रीमतीसँग मोवाइलमा कुराकानी भएको अनुमान छ । तीनवर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका पौडेलकी श्रीमती इन्दू धनकुटास्थित लेगुवा हुलाक कार्यालयमा कार्यरत रहेको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here