तीन सवारीसाधन एक आपसमा ठोक्किदा तीनजना घाइते

0
424

 झापा, १७ मंसिर /  पूर्वपश्चिम राजमार्गस्थित झापाको कनकाई नगरपालिकाको जुके कल्भटमा तीन सवारीसाधन एक आपसमा ठोक्किदा तीनजना घाइते भएका छन्। दुईको अवस्था गम्भीर छ ।

आइतबार साँझ करिब पाँच बजे पश्चिमबाट पूर्वतर्फ आइरहेको मे १ च १८०७ मारुती भ्यान, सोही दिशाबाट आउँदै गरेको मे १ ब ३५० सरकारी मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २३३० टाटा सुमो ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक इलाम सिचाईं कार्यालयमा कार्यरत इलाम देउमाई नगरपालिका ३ का ३१ वर्षीय जोसेफ राई, भ्यान चालक कनकाई नगरपालिका २ का ३१ वर्षीय डम्बर कार्की र भ्यानमा सवार कनकाई नगरपालिका १ का ६० वर्षीय कुबेर नेपाली घाइते भएका हुन् ।

घाइतेमध्ये मोटरसाइकल चालक र भ्यान चालकको अवस्था गम्भीर छ । भ्यानमा सवार नेपालीको अवस्था भने समान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेशकुमार राईले जानकारी दिए । गम्भीर घाइते दुई जनाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here