आगलागीबाट विकको घर नष्ट

0
439

विर्तामोड,१६ मंसिर / झापाको बिर्तामोड १० स्थित एक घरमा आगो लागेका कारण २ लाख बराबरको क्षती भएको छ । स्थानीय पूर्ण बहादुर बिकको घरमा रातीकरिव ९ बजे आगो लाग्दा घर सहित चौपायाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टुकी बत्तीबाट आगो सल्किएको र सो आगोले घरमा पूर्ण क्षती गरि घर जेउमै पालीएका चौपायाको पनि मृत्यू भएको प्रहरीले जनाएको छ ।

बिकको घर, बंगुर र गोरु एक÷एक वटा र ६वटा कुखुरामा क्षती भएको प्रहरीको भनाई छ । घरमा आगोलागेपछि स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा रातको ९ ः५० मा आगो नियन्त्रणमा लिइएको थियो ।

आगोलागीबाट घरबाट बिस्थापीत बनेको बिक परिवार अहिले छिमेकीकहाँ शरण लिएर बसेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here