एड्भान्स हस्पिटलले स्वास्थ्य विमाको सेवा दिने

0
345

दमक, १४ मंसिर/ झापाको दमकस्थित एड्भान्स मल्टिस्पेसियालिटी हस्पिटलले स्वास्थ्य विमा कार्यक्रम शुरु गरेको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी वनाउन एड्भान्स हस्पिटलले पनि सेवा विस्तार गरेको जनाएको हो ।

शुक्रवार हस्पिटल सञ्चालकले पत्रकार सम्मेलन गरि स्वास्थ्य विमा कार्यक्रमका बारेमा जानकारी गराएको हो । हस्पिटलका अध्यक्ष शेरवहादुर भट्टराईले विशेषज्ञ सेवाहरु प्रदान गरिआएको यस हस्पिटलले अवदेखि सरकारबाट शुरु गरिएको स्वास्थ्य विमा कार्यक्रम समेत सञ्चालन गरिएको बताए । उनले त्यसका लागि हस्पिटलले थप भवन भाडामा लिएर सेवा विस्तार गरिएको जानकारी दिए ।
स्वास्थ्य विमा कार्यक्रमबाट यस क्षेत्रका विपन्न समुदायले स्वास्थ्य सुविधा पाउने उनले बताए । त्यस अवसरमा हस्पिटल प्रशासनले अस्पतालमा उपलव्ध दैनिक फिजीसियन,नवजात शिशु तथा वाल रोग,स्त्री तथा प्रसुती, नाक ,कान तथा घाँटी रोग, हाडजोर्नी, छाला तथा यौन रोग,चिरफार रोग लगायतको उपलव्ध विशेषज्ञ सेवाहरुका वारेमा समेत जानकारी गराएको थियो ।

तीन वर्ष अघि एड्भान्स हेल्थ केयरवाट शुरु भएको उक्त स्वास्थ्य संस्था एक वर्षअघि २५ शैया अस्पतालका रुपमा सञ्चालनमा आएको थियो । दैनिक विशेषज्ञ सेवा वाहेक फार्मेसी, सामान्य तथा जटिल शल्यक्रिया,भेन्टिलेटरसहित आइसीयू सेवालगायतका सेवा उपलब्ध छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here