नर्सरीकी विद्यार्थी शिक्षिकाद्धारा नीलडाम हुनेगरी कुटिइन्

0
178

दमक १४ मंसिर/ झापा दमकमा रहेको एक निजी बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई शिक्षिकाद्धारा निर्घात कुटपिट गरेको परिवारले आरोप लगाएका छन् । ग्लोबल एजुकेशन एकाडेमीमा कक्षा नर्सरीमा अध्यानरत ३ बर्षिय आरुषी पन्थीलाई उनकै शिक्षिकाले निलडाम हुने गरि कुटपिट गरेको परिवारजनको आरोप छ ।

आरुषी यसै शैक्षिक सत्रबाट अध्यायन गर्न आएकी थिईन् । बिद्यालयबाट मावली घर आएपछि बालिकाको माइजुले स्कुुलको ड्रेस चेन्ज गर्ने क्रममा सो निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसंग सोधपुछ गरेको थिए । तर,सोधपुछका क्रममा ती शिक्षकले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागी अस्पताल ल्याएको मामा बिक्रम केसीले बताए ।

केसीका अनुसार घाइते बालिकाको दमकको निम्स अस्पतालमा उपचार गरिएको छ । सो बिद्यालयको कक्षा नर्सरीमा २ जना शिक्षिकाले अध्यापन गर्ने गरेको बताइएको छ । बिद्यार्थीहरुलाई कुटपिट गरेर अध्यापन गराउन नपाइने शिक्षा नियामवलीमा उल्लेख छ । स्कुलका प्रिन्सीपल गुणराज अधिकारीले बालिकामाथि कुटपिटको घटना छनबिन गरि दोषीलाई कार्बाही गर्ने जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here