अपराह्न ४ अघि मदिरा विक्रि गर्नेलाई कार्वाही, अब ४ देखि १० बजेसम्ममात्र बिक्री र सेवन गर्न पाइने

0
705

मंसिर १२, २०७५ काठमाडौं / सरकारले मदिरा उत्पादन, बिक्र, सेवन र विज्ञापनमा कडाइ यगर्ने भएको छ। यसका लागि मदिरा उत्पादन र बिक्रप् वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गरिँदैँछ। कान्तिपुर दैनिकमा समाचार छ,

गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदाअनुसार इजाजतप्राप्त बिक्रेताले अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । ‘इजाजतप्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले अपराह्न ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गर्न गराउन पाउनेछन्’, मस्यौदामा उल्लेख छ। होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्न गराउन नपाउने व्यवस्था गरिएको छ।

‘सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोह वा कार्यक्रममा मदिरा सेवन गर्न पाइने छैन’, आदेशमा भनिएको छ, ‘सरकारी वा सार्वजनिक निकायबाट आयोजित सभा सम्मेलन र भोजहरूमा मदिरा निषेध गरिनेछ।’ सार्वजनिक क्ष्ेत्र एवं कार्यस्थल आसपास उत्पादन र राजमार्ग आसपास क्षेत्रमा बिक्री गर्नसमेत रोक लगाइँदैछ। ‘आदेश मन्त्रिपरिषदमा पेश भइसकेको छ’, गृहप्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि सम्बन्धित निकायहरूमा जानेछ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here