मह किन खाने, मह खानुका फाइदा यस्ता छन्

0
705

मह भन्नेवित्तिकै धेरैको मुख रसाउँछ। त्यसैले मह मन नपर्ने सायद कोही होला। मह खाँदा जति मीठो छ, यो स्वास्थ्यका लागि पनि उति नै महत्त्वपूर्ण छ। महमा कार्बाेहाइड्रेड, भिटामिन बी, सी, म्याग्नेसियम, आइरन, सोडियम , क्याल्सियम जस्ता शरीरका लागि आवश्यक तत्त्वहरू पाइने गर्छ । यसले गर्दा नियमित मह सेवन गर्नाले ज्वरो, क्यान्सर, मुटु रोग ठीक गर्ने, अल्सरबाट बचाउने, पाचन प्रक्रियालाई सजिलो बनाउने, रगतमा चिनीको मात्रा नियमन गर्ने, खोकी ठीक पार्ने, शारीरिक तन्दुरुस्ती बनाउने गर्छ।

यी हुन् नियमित मह खानुका फाइदा –

एलर्जीको सास्या हुनेहरूले नियमित रूपमा मह खाने गर्नाले एलर्जी कम हुन्छ। रुघाखोकीको समस्या छ भने कागतीको रसमा मह मिसाएर खानाले रुघाखोकीको समस्याबाट छुटकारा पाउन सकिन्छ।

– मोटोपनको समस्या हुनेहरूले नियमित रूपमा मह खाने गर्नाले शरीरमा थप तौल बढ्न दिँदैन।

– निद्रा नलाग्ने समस्या भएकाहरूले सुत्नुअघि एक चम्चा मह सेवन गर्ने गरेमा निद्रा नलाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

– पोलेको ठाउँ वा कुनै किसिमले घाउ भएको ठाउँमा नियमित मह लगाउनाले घाउ सन्चो हुनुका साथै घाउलाई बाहिरी संक्रमणबाट बचाउँछ।

– छालामा कुनै किसिमको दाग छ भने नियमित रूपमा कागती र मह मिसाएर लगाउने गर्नाले छालाको दाग हट्नुका साथै अनुहारमा हुने पोतो, डण्डिफोर हट्ने गर्छ।

– कोलेस्ट्रोलको समस्या हुनेहरूले नियमित रूपमा मह सेवन गर्नाले कोलेस्ट्रोल बढ्नबाट जोगाउँछ। यस्तै, नियमित मह खानाले क्यान्सर र अल्सरबाट बचाउँछ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here