श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

0
276

काठमाडौँ, मङ्सिर १२ गते /  नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले स्थानीय प्रदेश सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानून निर्माण नगर्न आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफैँ सञ्चारमाध्यम सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासङ्घले आपत्ति प्रकट गरेको छ । बैठकले महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आगामी पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय गरेको महासचिव विष्टले जानकारी दिनुभयो ।
(रासस)

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here