सूर्यको उपासना गरी छठ पर्व मनाईँदै

0
422

दमक,२७ कार्तिक /  सूर्यको उपासना गरी मनाइने छठ पर्व मनाइदैछ , यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार ब्रत बस्दछन् । तेस्रो दिन साँझपखदेखिनै नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दैछन् ।

छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देउतालाई चढाइन्छ । प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेल सम्म पूजा गर्दछन भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

यस दिनमा रातभर भजन–किर्तन र नाचगान गर्दछन् । मधेशका खोला र जलासयमा यतिबेला ब्रतालु र दर्शकको भिड लागेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here