कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

0
170

दमक, २७ कार्तिक/ पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज विहान कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएकोछ ।

पूर्वपश्चिम राजमार्ग सडक खण्डको दमक नगरपालिका वडा नम्बर ४ स्थित आज विहान ५ वजेर २० मिनेटमा भएको कारको ठक्करबाट जिल्ला खोटाङ्ग साकेला गाँउपालिका ४ की ५५ बर्षिया सीतामाया खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो ।

दमक ९ मा बस्दैआएकी खड्कालाई बाटो काट्ने क्रममा पूर्वबाट आउदै गरेको बा १७ च ८१७२ नम्बरको कारले ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते खड्काको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here