मेयर नै गाँजा कारोवारी

0
485

मोरङ,३० कार्तिक / रंगेली नगरपालिकाका मेयर दिलिप बगोडियाले सञ्चालन गरेको इँटा भट्टामा अबैध गाँजाको कारोबार हुने गरेको प्रहरीले फेला पारेको छ । रंगेली नगरपालिका ३ आमतोलास्थित बगोडियाको आनन्द इँटा भट्टाभित्र प्रहरीले साढे दुई किलो गाँजासहित भारतीय कामदार हेमन्त बर्मनलाई पक्राउ गरेपछि गाँजा कारोबार हुने गरेको खुलेको हो ।

इँटा भट्टाभित्रको क्यान्टिनमा छापा मार्दा अढाई किलो गाँजा सहित भारतीय कामदार फेला परेका हुन् । इलाका प्रहरी रंगेलीका निरीक्षक कविन्द्र कार्कीका अनुसार भट्टाभित्र क्यान्टिनसमेत चलाउँदै आएका बर्मनले भट्टाका पुरुष मजदुरलाई गाँजा बिक्री गर्ने गरेको आशंका गरिएको छ ।

उक्त भट्टामा ५ सयभन्दा बढी भारतीय कामदार छन् । पूर्वका प्रायः सवै इँटा भट्टामा काम गर्न भारतको पश्चिम बंगालवा मजदुरका परिवारै आउँछन् । पक्राउ परेका बर्मन पनि दुई साताअघिमात्र उक्त उद्योगमा मजदुरी गर्न परिवारसहित आइपुगेका हुन् ।

उनी एक दशकदेखि उक्त भट्टामा इँटा बनाउने काम गर्दै आएका छन् । विगतमा पनि बर्मनले भट्टाभित्र गाँजाको कारोवार गर्ने गरेको प्रहरीको आशंका छ । मेयर बोगडियाका दर्जन इँटा भट्टा छन् । सबैमा भारतीय कामदार छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here