जवरजस्ती करणी गरि फरार पक्राउ

0
379

ताप्लेजुङ,२७, कार्तिक / तीनवर्ष अघि १२ वर्षीय एक वालिकालाई जवरजस्ती करणी गरि फरार रहेका एक व्याक्तिलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ । २०७२ साल साउन २६ गते फुङलिङ नगरपालिका १० फुरुम्वूकी १२ वर्षीय वालिकालाई जवरजस्ती करणी गरि फरार रहेका २२ वर्षीय मिङ्मा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको पाथिभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङका ति युवालाई जिल्लाकै फक्ताङलुङ्ग गाउँपालिका ६ लेलेप (घुन्सा) मा लुकुछीपी बसेको अवस्थामा गत २१ गते प्रहरीले पक्राउ गरेको थियो ।

शेर्पालाई जिल्ला अदालतमा पेश गर्दा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले वताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here