दुर्घटनामा एकको मृत्यु २७ घाइते

0
390

झापा,२६ कार्तिक / भद्रपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो।

दुर्घटना परी भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार सोमबार बिहान साढे १ बजे केचना—चाराआली सडकखण्डअन्तर्गत भद्रपुर–४ झिलमिलीया पुल नजिकै दक्षिणीबाट उत्तरतर्फ आइरहेको मे ४ प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार रहेका थिए।

दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको उपचारको क्रममा ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार घाइते दुवै जनाको बिर्ता सिटी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here