इलामको लगानी सम्मेलन स्थगित

0
370

इलाम,२५ कार्तिक / देश विदेशका लगानीकर्तालाई लगानी गर्न आर्कषण गर्ने उद्देश्यले इलाममा आयोजना हुने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा भोलिबाट लगानी सम्मेलन गर्ने तयारी थियो ।

इलाम नगर कार्यपालिकाको पूर्व बैठकले पर्याप्त तयारी नपुगेको भन्दै सम्मेलन स्थगित गरेको हो । चाडपर्व लगत्तै सम्मेलन गर्नु पर्दा अपेक्षित रुपमा लगानीकर्ता भेला हुन नसक्ने भएकाले पनि नगरपालिकाले सम्मेलन स्थगित गरेको जनाएको छ ।

स्थगनसँगै इलाम नगरपालिकाले महत्वका साथ अयोजना गर्ने भनिएको सम्मेलन अनिश्चित बनेको छ । केही साताभित्र नै सम्मेलन आयोजना गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीका लागि आग्रह गर्ने योजना बनाएको छ । कृषिमा अब्बल मानिएको इलाममा यो जिल्लामा उत्पादित कच्चा पदार्थलाई प्रयोग गर्नु पर्ने आवज उठ्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here