फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा प्रधानमन्त्रीको शुभकामना सन्देश

0
437

दमक,२५ कार्तिक /  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान स्मरणीय रहेको बताउनुभएको छ ।

फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ ।

सुभकामना सन्देशमा भनिएको छ, ‘फाल्गुनन्दले वि.सं. १९८८ बैशाख २४ गते पाँचथरको लोब्रेकुटीबाट जारी गरेको समाज सुधारको ७ बुंदे घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक छ । मलाइ लाग्छ त्यो घोषणा पत्रले हाम्रो समाज सुधारका लागि ठुलो योगदान गर्यो ।’ फाल्गुनन्दले समाज सुधारका लागि दिनु भएको योगदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले आफू जन्मे हुर्केको समाजमा भएका बेथिती देखेपछि त्यसलाई सुधार गर्ने तर्फ फाल्गुनन्दको निरन्तर प्रयासको प्रशंसा गर्नुभएको छ ।

फाल्गुनन्दले अहिंसात्मक अभियान समेत सञ्चालन गर्नुभएको जसले समाजमा शान्ती कामय गर्न महत्वपूर्ण योगदान गरेको प्रधानमन्त्रीको सुभकामना सन्देशमा उल्लेख छ । यसैगरी किराँत धर्म, साहित्य आदिको प्रचारका लागि फाल्गुनन्दले गरेको खोज र अनुसन्धानको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गर्नुभएको छ ।

यसैविच दमक नगरपालिकाले आज फाल्गुनन्द जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । यसैगरी इलामको चुलाचुली गाउँपालिका र ताप्लेजुङको फत्तालुङ गाउँपालिकाले पनि फाल्गुनन्द जयन्तीका दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here