आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार

0
331

 दमक२० कार्तिक/  आज यमपञ्चकको दोश्रो दिन अर्थात कुकुर तिहार । आज मानव सभ्यताको प्रारम्भदेखि मानवजातिको प्रिय साथीको रूपमा रहँदै आएको कुकुरको पूजा गरिन्छ ।

कुकुर असली पहरेदार पनि हो । आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गर्ने, आश्रय दिने तथा खान दिने मान्छेहरुलाई धर्म र पूण्य मिल्ने जनविश्वास छ । मानव समाज र कुकुरहरुको जुन बलियो र पुरानो सम्बन्ध छ आज त्यो सहअस्तित्वको सम्मान तथा अर्चना गरिन्छ ।

आज घरपालुवा मात्र भनई सडकका कुकुरहरुलाई पनि माला पहिर्याएर, अबिरको टिका लगाइदिएर अनि खान दिएर पूजा गरिन्छ । आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुनेछ भन्ने मानिन्छ । तसर्थ सबेरै उठेर प्रातस्नान गरेर कुकरपूजा गर्ने चलन छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here