यमपञ्चक शुरु, आज काग तिहार

0
270

दमक१९, कार्तिक / आजबाट तिहारको विधिवत शुरु भएको छ । आज कागलाई खानेकुरा दिएर पूजा गरि काग तिहार अर्थात यमपञ्चक मनाइयो । हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्काे ठूलो र महत्वपूर्ण चाडको हो– तिहार । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ ।

तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ ।

काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here