२३ सडक दुर्घटना, ३१ को मृत्यु

0
183

दमक,५ कार्तिक/ दसैंको फूलपातीदेखि द्वादशीसम्म देशभरि २३ वटा सडक दुर्घटना भएका छन् । ३१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा एक सय २९ जना घाइते भएका छन् ।

शनिबार र आइतबारमात्रै नवलपरासी पूर्व, चितवन, रामेछाप, महोत्तरी, जनकपुर र रूपन्देहीमा भएका सडक दुर्घटनामा १६ जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । कात्तिक १ गते महानवमीको दिन काठमाडौं र सिरहाको लहानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंको सानोर्भयाङमा भएको मोटरसाइकल दुर्घटनामा पैदलयात्री वीरबहादुर तामाङको मृत्यु भएको थियो । सिरहाको चोहर्वामा गाडी र मोटरसाइकल एकआपसमा जुध्दा लालु कामतीको मृत्यु भएको थियो ।

फूलपातीको दिन उदयपुर त्रियुगा नगरपालिकास्थित सडकमा मोटरसाइकल दुर्र्घटनामा दिनेश पौडेलको घटनास्थलमै मृत्यु भएको थियो । झापा बुद्धशान्ति चोकमा भने मंगलबारै मोटरसाइकलले ७५ वर्षीय खड्गबहादुर कार्कीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here