सन्दीप लामिछानेले अस्ट्रेलियन क्रिकेट लिग खेल्ने

0
348

कात्तिक ६, काठमाडौं / नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको प्रतिष्ठित घरेलु प्रतियोगिता बिग ब्यास लिग खेल्ने भएका छन्। सोमबार उनलाई मेलबर्न स्टार्सले आफ्नो क्लबमा आवद्ध गरेसँगै उनी प्रतिष्ठित प्रतियोगिताको हिस्सा बनेका हुन्।

केही दिनअघि मात्र अफगानिस्तान प्रिमियर लिग खेलेका सन्दिप डिसेम्बर १९ बाट सुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन्। सन्दीप डिसेम्बर १० मा टिममा सामेल हुनेछन्। त्यसपछि बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन्। बंगलादेश प्रिमियर लिग जनवरी ५ देखि फेब्रुवरी ८ सम्म हुनेछ। बंगलादेशमा सन्दीपले सिलेट सिक्सरबाट खेल्नेछन् । त्यसपछि बिग बासका लागि पुनः अष्ट्रेलिया फर्कनेछन्।

बिग बास लिग फेब्रुवरी १७ सम्म हुनेछ। यसअघि सन्दीपले माइकल क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिग खेलेका थिए। सन्दीपले क्लार्कको एकेडेमीमा समेत प्रशिक्षण गरेका थिए। पछिल्लो समय विश्वकै सर्वाधिक ब्यस्त खेलाडीमध्ये पर्ने सन्दीपले आइपिएलपछि विश्वका धेरै प्रतिष्ठित घरेलु प्रतियोगितामा आफ्नो उपस्थिति देखाइसकेका छन्। १८ वर्षीय सन्दिप यो सिजन निकै व्यस्त बनेका छन्।

यसै साता पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा विराटनगरको मार्की खेलाडी बनेका उनले इन्डियन प्रिमियर लिगमा दिल्लीबाट अन्तिम तीन खेलमा अवसर पाएपछि उनको माग उच्च छ।

दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए। त्यस्तै, क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका उनले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए। उनले केही दिनअघि ब्यस्तताको कारण देखाउँदै दक्षिण अफ्रिकन घरेलु लिगको निम्ता भने अस्वीकार गरे।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here