प्रमुख बालीको मूल्य तोक्न सरकारसँग माग

0
187

काठमाण्डौं ५ कार्तिक/  राष्ट्रिय किसान आयोगले प्रमुख बाली धान, मकै, कोदो, फापर, गहुँ, उखु आदिको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ । बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्ने र विचौलियाबाट बच्न सकिने आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताउनु भयो ।

आयोगका अनुसार ६६ प्रतिशत नागरिक जीविकोपार्जनका लागि कृषिमा आश्रित रहेका छन् । कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ दशमलव ८ प्रतिशत छ । विसं २०७३ माघ ६ गते आयोग गठन भएको थियो । आयोगले किसानका समस्या सम्बोधन गर्न अनुगमनसमेत गर्दै आएको छ ।

आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन कार्यक्रमको स्थलगत अवलोकन गरी थप सुधारका लागि सुझाव समेत दिएको छ । त्यस्तै कृषि ऋणको वर्तमान अवस्थाबारे अध्ययन, कृषि उत्पादन निर्यात प्रवद्र्धन समस्या र थप सम्भाव्यता अध्ययन, बाँझो जग्गा व्यवस्थापन अध्ययन, कृषि व्यवसायीकरण तथा करार खेतीका लागि करार ऐन अध्ययन गरिएको आयोगले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here