बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो, उर्लावारीमा पनि दुर्घटना

0
263

दमक,४ कार्तिक / पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ।

दुर्घटनामा गुल्मीको हस्ती चउरका ३५ वर्षका तिलक विष्ट, सुनसरीका ३४ वर्षका अबुल अन्सारी, मोरङको सुन्दर हरैचाका ११ वर्षका सोहम कार्की र भारत विहारका ५० वर्षका विद्यानन्द यादवको ज्यान गएको प्रहरीले जनाएको छ । दुईजनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा ज्यान गएको हो । सुनसरीको इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस बिहान ५ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिका ११ अरुणखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये केही सामान्य उपचारपछि फर्किएको र केहीको उपचार भैरहेको प्रहरीले जनाएको छ । बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण दुर्घटना भएको घाइते यात्रुले बताएको पनि जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो ।
यसैगरि
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।

दुर्घटनामा घाइते भएका सबैको स्थानीय उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here