धरानबाट छुटेको बस दुर्घटना, ५ को मृत्यु, ४० घाइते

0
591

धरान ४, कार्तिक / धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बस दुर्घटना हुँदा कम्तिमा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४० जना यात्रु घाइते भएका छन् । सिट क्षमताभन्दा बढी यात्रु बोकेको रात्री बस महेन्द्रराजमार्ग अन्तर्गत नवलपरासीको अरुणखोला नजिक आज बिहान ५ बजे दुर्घटना भएको हो ।

४० जना यात्रु बोक्ने क्षमताको धरानबाट भैरहवातर्फ जाँदै गरेको रात्री बसले ५२ यात्री बोकेको प्रहरीको भनाई छ । दसैंमा टिका सकेर आ–आफ्नो गन्तव्यमा हिँडेका यात्रु बसमा खचाखच थिए ।

बसका चालक निदाएका कारण बिहान बस राजमार्गबाट देब्रेतर्फ पल्टिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here