बालगृहमा मेयरको दसैं

0
354

उर्लावारी,३ कार्तिक / मोरङको उर्लाबारीमा अवस्थित नमुना बाल गृहका आश्रित बालबालिकाहरूले विजयदशमी मनाएका छन् । बालगृहका बालबालिकाहरूलाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले टीका, जमरा लगाउँदै दक्षिणा गर्नुभयो ।

बालबालिकाहरूमा दसैंको उत्साह र उमंग जगाउने हेतुले आफूले अनाथ आश्राममा दसैं मनाएको मेयर फागोले बताउनु भयो ।

विभिन्न जिल्लाका बालबालिकाहरू गृहमा आश्रित रहेको अध्यक्ष मिनादेवी बरालले जानकारी दिनुभयो । २०५९ सालमा स्थापना भएको गृहमा तीन जुम्ल्याहासहित ४६ जना बालबालिकाहरू छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here