यस्तो बन्यो प्रधानमन्त्रीको दशैं तालिका, कुन समयमा कसले भेट्ने ?

0
194

दमक,१ कार्तिक/ प्रधानमन्त्री केपी ओलीको दसैं कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार प्रधानमन्त्री सचिवालय निकालेको तालिकाअनुसार प्रधानमन्त्री ओलीले टीकाग्रहण र मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिनेसम्मका सूचि छ ।

प्रधानमन्त्री ओलीले विजया दशमीको दिनकार्तिक २ गते बिहान ९ः४५–१०.०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने कार्यक्रम छ । बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३.३० देखि ५.३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
त्यसपछि साँझ ६ः०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन् । एकादशीकार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ः०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here