भारत सरकारका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिए, २० महिलालाई यौन हिंसा गरेको आरोप

0
573

भारत, १ कार्तिक / महिला पत्रकारमाथि कार्यस्थलमा वर्षाैं पहिले गरेको यौन उत्पीडनको आरोपमा भारतका एक मन्त्रीले राजीनामा दिएका छन् । भारतीय जनता पार्टी (भाजपा) नरेन्द्र मोदी नेतृत्वमा रहेको भारत सरकारका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका हुन् ।

अकबरले आफूले अदालतबाट न्याय पाउने आशमा पदबाट राजीनामा दिएको बयान दिएका छन् । एमजे अकबरले राजीनामा पत्रमा लेखेका छन्, ‘मैले व्यक्तिगत रूपमा अदालतबाट न्याय पाउने निर्णय गरेको छु । यसैले मलाई लाग्छ कि राजीनामा दिनुपर्छ । ममाथि लागेका तथ्यहीन आरोपको सामना निजी रूपमा नै गर्नुपर्छ न कि एक मन्त्रीको हैसियतमा । त्यसैले म भारतको विदेश राज्यमन्त्रीको पदबाट राजीनामा दिँदैछु ।

जसअन्तर्गत भारतका र विदेशका २० महिलाले एमजे अकबरले कार्यस्थलमा रहँदा यौन हिंसा गरेको आरोप लगाएका थिए । अकबरलाई महिला पत्रकारहरूले विभिन्न छलफल र कार्यक्रमका लागि होटलमा बोलाउने गरेको र त्यहाँ यौन हिंसा गर्ने गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा त्यसबेलाका घटनाबारे लेख लेखेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here