श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने

0
385

काठमाडौँ,२९ असोज/ शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गर्न लागेका हुन् ।

उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् । सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिनेछन् ।

पुरातत्व विभागले सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिने जनाएको छ । बुलेट प्रुफ सिसासहितको सोकेसमा श्रीपेच हुने बताइएको छ ।

केही महिनाअघि विभागद्वारा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो । सरकारले गत आर्थिक वर्ष २०६८र६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

गणतन्त्र घोषणापछि नारायणहिटी छाड्नुअघि पूर्व राजा ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्ड आफैले लैजान खोजेका थिए। तर तत्कालीन सरकारले उनलाई त्यसो गर्ने अनुमति दिएन।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here