दमक मालपोतका अधिकृतसहित तीन कर्मचारी पक्राउ

0
334

दमक,२६ असोज/  झापाको दमकस्थित मालपोत कार्यालयका तीन जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले नियन्त्रणमा लिएको छ ।

दमकबाट मालपोतका कर्मचारीलाई बिहिबार नियन्त्रणमा लिइएको भएपनि कुन मुद्धामा को को पक्राउ परेका हुन् भन्ने बारे अख्तियारको क्षेत्रीय कार्यालयले विस्तृत सार्वजनिक गरेको छैन् । समाचार स्रोतका अनुसार सो कार्यालयका मालपोत अधिकृत अग्नि घिमिरे , नासु डिल्ली कोइराला र जइन्द्र खड्कालाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई करोडौ अनियमित गरेको प्रमाणका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ । कोइराला सो कार्यालयमा लामो समयदेखि कार्यरत थिए । उनले बारम्बार सेवाग्राहीहरुसंग समेत विभिन्न बहानामा मोटो रकम असुल्ने गरेको आरोप छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here