फुटबल खेल्न गएका एक युवकको मृत्यु

0
384

पाँचथर, २६ / असोज पाँचथरको याङवरक र ताप्लेजुङको सीमा भएर बग्ने ईवा खोलामा डुबेर फुटबल खेल्न गएका एक युवकको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउापालिका–५, सुभाङका कमल सुहाङको १६ वर्षीय छोरा युगल सुहाङको बिहीबा बिहान ज्यान गएको हो ।

विजया दशमीको अवसरमा पाँचथरको याङवरक गाउँपालिकाको च्याङथापु बजारमा आयोजना भएको फुटबल प्रतियोगितामा खेल्न साथीहरुसँग गएका सुहाङको नजिकै रहेको खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here