मोरङमा सामुहिक बलात्कार

0
410

उर्लावारी२६ असोज/ मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।

‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’ बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया बालिका, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए ।

बजगाईंले पीडित बालिका र पक्राउ परेका राई र माझीको मेडिकल परीक्षण गराएर अनुसन्धान सुरु गरेको बताए । साथीको जन्मदिन मनाएर बालिका अबेर राति घर नफर्केपछि संरक्षकले प्रहरीमा उजुरी गरेको थियो । बुधबार बिहान बालिका विक्षिप्त अवस्थामा घर नजिकै फेला परेपछि संरक्षकले किटानी जाहेरी इलाका प्रहरी पथरीमा दिएका थिए ।

यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको गढी गाँउपालिका–८ छिटाहाका प्रमोद चौधरी पक्राउ परेका छन् । गत आइतबार इटहरी–९ बसपार्कस्थित गोधुली होटलमा एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here