आज विश्व हुलाक दिवश, इमेल, फेसवुक, ट्वीटर, इन्टरनेट र फोनहरुको विकाससँगै हराउँदैछ हुलाकी प्रथा

0
333

दमक, २३ असोज/ आज विश्व हुलाक दिवश । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । आजभन्दा सबा दुई सयवर्ष अगाडी सन् १८७४ मा जापानको टाकियोमा अन्तराष्ट्रिय हुलाक सँघको गठन भएको संझनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो ।

सञ्चारको शुरुवात हुलाकवाट भएको हो, मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनीहरुसँग कुरागर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरुको सम्मान गाँउमा वेग्लै हुन्थ्यो । धेरैपरसम्म चिठी र खबर पुर्याउन धेरै जना हुलाकीहरुले आफ्नो जिवनकालनै विताएका छन् । आज उनिहरुको संझना गर्ने दिन पनि हो । गाँउघरमा राती वस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिवेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए ।
रातबिरात पत्र पुर्याउन गाँउगाँउमा हलकारा अर्थात हुलाकीहरु पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटल हरु नभएको त्यतीबेलाको नेपालमा हलकारा अर्थात हुलाकीहरु लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरुले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र प्रसा हरहिसाब गर्दा गर्दथे, विस्तारै समाजका अवयवहरु परिवर्तन त भएको हो तर संरचना बिल्कुलै उस्तै छ । ए हुलाकी दाई मेरो पत्र आएको छ भनेंर सोध्न नपर्ला तर बिहान उठेर इन्टरनेटमा इमेल र मेसेन्जरहरु हेर्ने हामी बसैले गर्दछौं ।

पत्र र सन्देश उही हो केवल संवाहक र गतीशीलतामा परिवर्तन भएको त हो । अझै पनि कतिपय शहर अनि ठाँउहरुमा पत्रमञ्जुसा लेखिएको पत्र हाल्ने रातो चुच्चो आकारका भाँडोहरु देखिन्छन जहाँ नियमितरुपमा एकसमयमा हुलाकीहरु आएर पत्र लिएर जाने गर्दछन । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातको मोवाइलले यो यूगको सञ्चारलाई नयाँ परिभाषा दिएको छ । तर हुलाकको तस्वीर अनि मोह यो पुस्ताले कहिल्यै विर्सने छैन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here