व्यापारीले खरिद मूल्यभन्दा ८ गुणा बढी मूल्य राखेर कालोबजारी गरेको खुलासा

0
177

उर्लावारी,२३ असोज/ चाडपर्व नजिकिएसँगै विराटनगरमा उपभोक्ता ठगी र कालोबजारी बढेको छ । खरिद मूल्यभन्दा ८ गुणा बढी मूल्य राखेर व्यापारीले खुलेआम सामान कालोबजारी गर्दा पनि अनुगमन समितिले कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।

अनुगमनमा खटिएको जिल्ला प्रशासन कार्यालय मोरङले कालोबजारी गर्ने व्यापारीलाई उन्मुक्ति दिने प्रयास गरेको पाइएको हो । विराटनगरका अधिकांश कपडा तथा जुत्ताको बिक्री कारोबार गर्दै आएका व्यापारीले चाडपर्व लक्षित गरि बृद्धि गरेको मूल्य नियन्त्रणमा स्थानीय प्रशासन मौन देखिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा वाणिज्य कार्यालयको प्रमुखसहितको संयुक्त अनुगमन टोलीले विराटनगरस्थित ग्यालेक्सी मार्ट र साकेत रेडिमेड कपडा पसलमा केही दिन अगाडि अनुगमन गरेको थियो । कपडा र जुत्तासँगै म्याद गुज्रेको खाद्य सामग्रीसमेत बिक्री गर्दै आएका उनीहरूलाई कुनै कारवाही भएको छैन ।

व्यापारमा खरिद मूल्यको २० प्रतिशतसम्म मुनाफा आर्जन गर्न पाउने कानुनी प्रावधान छ । तर ९०० प्रतिशतसम्म मुनाफा लिएको भेटिए पनि त्यस्ता व्यापारीलाई कारवाही नहुँदा कालोबजारी र महँगी बढेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here