दमक पव्लिक लाईव्रेरीको नयाँ नेतृत्व चयन

0
207

दमक,२० असोज / सामाजिक क्षेत्रमा क्रियाशील दमक पव्लिक लाईव्रेरीको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न लाईव्रेरीको छैठौं बार्षिक साधारणसभाको वन्दसत्रले आगामी दुई वर्षे कार्यकालका लागि पुनः भेषराज न्यौपानेको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जीवन सापकोटा, सचिवमा हरि सिटौंला,सहसचिवमा गणेश न्यौपाने र कोषाध्यक्षमा देवेन्द्र प्रसाई सर्वसम्मत चयन भएका हुन् । समितिको सदस्यहरुमा प्रकाश अधिकारी, भरत चम्लागाई,पुष्प नेपाल र धर्मेन्द्र घिमीरे चुनिएका छन् ।
स्थानीय कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको साधारणसभाको प्रदेश सभा सदस्य अर्जुन राईले उद्घाटन गरेका थिए । सभामा लाईव्रेरीका अध्यक्ष न्यौपानेले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष धर्मेन्द्र घिमीरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्दसत्रले सुझावसहित पारित गरिएको थियो । सभामा नेकपाका नेता गगन पुरी,दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी, रोटरी क्लव दमकका अध्यक्ष मोहन ढकाल, इष्र्टन लायन्सका अध्यक्ष बिमल शर्मा लगायतको उपस्थिति रहेको थियो ।
२०६९ सालमा स्थापित सो लाइव्रेरीले झापाको विर्तामोडसमा समेत पठन संस्कृतिको विकास गर्ने उद्देश्यले शाखा सञ्चालनमा ल्याईएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here