दमक जेसीज स्मारिका निकाल्ने तयारीमा

0
556

दमक, २० असोज / दमक जेसीजले आफना गतिविधिहरुलाई समेटेर स्मारिका निकाल्ने भएको छ । आसन्न नेपाल जेसीजको महाधिबेशनलाई लक्षित गरेर स्मारिका निकाल्न लागेको दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीले जानकारी दिनुभयो ।

आउदो पुसमा हुन लागेको नेपाल जेसीजको महाधिबेशनलाई लक्षित गरेर गतिविधिमूलक स्मारिका प्रकाशन गर्न तयारी थालिएको छ । स्मारिका प्रकाशन गर्न दमक जेसीजका रामचन्द्र अधिकारीको संयोजकत्वमा तीन सदस्य समिति समेत गठन गरिएको छ ।

यसैगरि दमक जेसीजले बर्षेनी मनाउदैं आएको सप्तमी साँझ–२०७५ को तयारी गरेको छ । सप्तमी साँझमा दशैंको शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम हुने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here