पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर डुङ्गाबाटै अरुण नदी वारपार गर्न बाद्य

0
212

संखुवासभा,२०,असोज/ भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाको घाटको पक्की पुल निर्माण अलपत्र बनेपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । पुल नहुँदा स्थानीयहरु जोखिम मोलेर डुङ्गाबाट अरुण नदी वारपार गर्ने गरेका छन् ।

विभिन्न बाहनामा पुल निर्माण आलटाल गरेपछि स्थानियले डुङ्गा सहायतामा अरुण नदी वारपार गर्नु परेको छ । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरि २०६७ साल असार २५ गते सम्झौंता गरिएको थियो । ठुला चट्टानले अवरोध गरेको भन्दै डिजाइन परिवर्तन नभए निमार्ण अघि नढ्ने पक्षमा ठेकेदार कम्पनी जनाएको छ ।

निर्माणको जिम्मा लिएको स्वच्छन्द निर्माण कम्पनीले २०७० असार २५ सम्ममा काम सक्नुपर्ने भएपनि विभिन्न बहानावाजी देखाउँदै काम गर्न नसकेको भन्दै समय थपको माग गरेको थियो । २०७४ असार २४ सम्म थप समय थप गरिएको भए पनि कामको अघि बढ्न सकेको छैन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here