बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा

0
301

विराटनगर,२०असोज/ भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको रेल मार्ग मध्ये ८ किलोमिटरमा रेलको लिक बिछ्याउने काम सम्पन्न भएको छ । हाल यहाँ भारतीय निर्माण कम्पनी इर्कनले बथनाहा कटहरी रेल्वे परियोजना निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । यस परियोजनाको नेपाल रेल बिभागका प्रमुख बलराम मिश्रले कटहरी–बथनाहा रेलमार्गको अवलोकन गर्नुभएको छ ।
भारतको बथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्मको ८ किलोमिटर क्षेत्रमो रेलको लिक विछ्याउने काम सम्पन्न भइसकेको छ । बाँकी रहेको ८ किलोमिटर क्षेत्रमा पनि लिक बिछ्याउने काम धमाधम भइरहेको छ । यस परियोजनाको रेल बिभागका प्रमुख बलराम मिश्रले अवलोकन गर्नु भएको हो ।

भारतीय ३ सय ७३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको परियोजनाले हालसम्म २ सय ३५ करोड बजेट खर्च भइसकेको र बथनाहादेखि बुधनगरसम्म ९५ प्रतिशत काम भएको कम्पनीले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here