दशैंमा पाँच दिन र तिहारमा तीन दिन विदा

0
239

काठमाडौं, असोज १८ / यसपटकको दशैमा पाँच दिन बैंक बन्द हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ ।

सरकारले यसपटकको विदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् । यसअघि यी दिनमा कर्मचारीले विदा पाउँदै आएका थिए ।

 तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ । कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंक बन्द रहनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here