दमक ज्येष्ठ नागरिकमा नयाँ समिति, अध्यक्षमा पुन खतिवडा

0
227

दमक, १७ असोज/  ज्येष्ठ नगारिक सम्मान प्रतिष्ठान नेपालको अध्यक्षमा पुनः शिताराम खतिवडा चयन हुनु भएको छ । प्रतिष्ठानको हिजो भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी दुर्गा पौडेलले उम्मेद्वारी फिर्ता लिए पछि प्रतिष्ठानको नेतृत्वमा सहमती जुटेको हो ।

आगामी पाँच बर्षे कार्यकालको लागी खतिवडाको नेतृत्वमा १५ सदस्सीय नयाँ कार्य समिति सर्व सम्मत चयन भएको हो । निर्वाचित प्रतिष्ठानको उपाध्यक्षमा डोयना दाहाल, सचिव नरपती पाण्डे, उप सचिव शिबप्रसाद काफ्ले र कोषाध्यक्ष गोपालकृष्ण संग्रौला हुनुहुन्छ ।

त्यसै गरी सदस्यमा कमल दाहाल, मन्दा तिम्सिना, कृष्ण दंगाल याम बहादुर अधिकारी लगायत निर्वाचित हुनु भएको निर्वाचन समितिका सम्योजक योग्यनिधि चौलागाईंले जानकारी दिनुभयो ।

त्यसैगरी गिरीराज नेपालको सम्योजकत्वमा तिन सदस्सीय लेखा समिति र रुद्रराज घिमिरेको संयोजकत्वमा तिन सदस्सीय अक्षयकोष संरक्षण समिति गठन भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here