गौहत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

0
288

असोज १३, २०७५/  सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका ४ जनालाई कैदमुक्त गर्न आदेश भएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको शुक्रबार भएको इजलासले उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो।

सोलुखुम्बुको साविक चौरीखर्क गाविस ८ का दावा काजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई र रजप्रसाद राई तथा नेचासल्यान गाउँपालिका २ का हेमन्त राईलाई कैद मुक्त गर्न आदेश भएको हो। पुरानो कानुन अनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका ४ जनाले भाद्र ५ गते नयाँ कानुन अनुसार कैद घटाइ पाऊँ भनी निवेदन दिएका थिए। निवेदनमाथि अदालतले नयाँ कानुन अनुसारको तीन वर्षको कैद भुक्तान गरिसकेकाले कैदमुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायव सुब्बा भगिस्वर सराइलीले जानकारी दिए।

दावा काजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही २२र२२ हजार जरिवानासहित र हेमन्त राईलाई विना जरिवाना कैदमुक्त गरिएको हो। हेमन्तले गाई हत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य तीन जनाले गाई चोरी समेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ। तीनैजना विस २०७१ असोज ८ गते पक्राउ परेका थिए भने हेमन्त राई विस २०७० चैत २७ गते पक्रउ परेका थिए। हेमन्तलाई २०७१ जेष्ठ १४ गतेको फैसलाले थुनामा राख्न आदेश भएको थियो भने बाँकी अरुलाई २०७१ असोज ८ गतेको फैसलाले थुनामा राखिएको थियो।

उनीहरूलाई तत्कालीन प्रचलित कानुन अनुसार १२ वर्षको सजाए भएको थियो भने हाल बहाल रहेको मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद २७ को पशु–पन्छी सम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्यामा तीन वर्षकैद सजायको व्यवस्था भएकाले उनीलाई कैदमुक्त गरिएको जिल्ला न्यायाधीश सुवेदीले जानकारी दिए।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here