छात्रा विरामी भएपछि विद्यालय बन्द

0
273

लाम, १३ असोज/  इलामको सुर्याेदय नगरपालिका वडा नं १४ लक्ष्मिपुर बतासेको सरस्वति माध्यमिक विद्यालयका छात्राहरुमा अनौठो रोग देखा परेको छ । कक्षा ७ देखि १० सम्मका छात्राहरुलाई चिच्याउने, काल्लिने, आत्तिने, हात खुट्टा चिसो हुने र हात मुठि पार्ने लगायतको अनौठो रोगले ग्रस्त बनाएको हो ।

बिगत ३ बर्ष अगीदेखि सामान्य रुपमा देखिदै आएको भएपनि पछिल्लो समयमा आइपुग्दा जटिल बन्दै गएको छ । अस्पताल्ले रोग पत्ता लगाउन नसके पछि धामिझाँक्री र झारफुकको माध्यमबाट बिचमा केहि समाधान आए पनि गत बिहिबार बिद्यालयका १० जना छात्राहरुलाई एकैपटक लक्ष्यण देखापरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदय अधिकारीले बताएका छन् ।

३ दिन अगिदेखि पुराना साथै नयाँ छात्राहरुलाई रोगले पुनः सताउन थालेपछि शुक्रबार विद्यालय नै बन्द गरिएको थियो । छात्रालाई मात्र लक्ष्यण देखिने उक्त रोगको पहिचान हुन नसक्दा विद्यालयमा ठूलो समस्या आइपरेको अध्यक्ष अधिकारीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here