गौरीशकरले सिकाएको राजनीतिले मेरो बर्तमान बन्यो = मन्त्री आङ्वो

0
244

झापा, १४ असोज / प्रदेश नं. १ का आर्थिक मामला तथा योजना मन्त्री इन्द्र आङ्वोले तत्कालिन नेकपा माओवादीका नेता गारिशंकर खड्काको योगदानको चर्चा गर्दै मन्त्री आङ्वोले खड्का आफ्नो राजनीतिक गुरु भएको बताए । उनले आफ्नो राजनीतिको श्रेय स्वर्गिय खड्कालाई दिए । उनले भने, कमरेड राजेन्द्रले राजनीतिमा बाटो नदेखाउनु भएको भए,मेरो बर्तमान बन्ने थिएन, म कुनै विद्यालयको शिक्षक हुन्थे होला वा विदेश गएर दुई चार पैसा कमाएर कुनै व्यापार गर्दै हुन्थे होला
गौरिशंकर खड्का स्मृति प्रतिष्ठानको हिजो बिर्तामोडमा सम्पन्न सातौं साधारणसभामा मन्त्री आङ्वोले सरकारले बिगतमा उत्पालन क्षेत्रबाट हात झिक्दा निर्यात घटेको र आयात वृद्धि भएको बताए । उनले ११ खर्बको बजेटमा ११ खर्ब ६९ अर्बको व्यापार घाटाले देश सम्वृद्ध हुन नसक्ने बताए । उनले भने, यो सबै कांग्रेसको गलत नीतिको परिणाम हो ।

सरकारले योजनावद्ध बिकासको नीति लिएको बताए । उनले दोहोरो कर तिर्नु नपरोस भनेर सबै स्थानीय सरकारलाई निर्देशन दिएको बताए । उनले २०३१ सालको ऐन अनुसार लिने करलाई पनि बिपक्षीले गलत प्रचार गरेको टिप्पणी गरे । उनले करका बिषयमा संचार माध्यमले वास्तविकता बुझ्नु पर्नेमा जोड दिए । उनले भने, कर तिर्नु पर्छ, कर बिना देश सम्वृद्ध हुन सक्तैन । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुरुसोत्तम चुँडालले संस्थाको गतिविधि र कोषाध्यक्ष भुपाल सापकोटाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । प्रतिष्ठानको साधारणसभामा पूर्व सांसद मोहन टुडू, नेपाली कांग्रेसका जिल्ला सदस्य केशव पाण्डे, नेकपाका जिल्ला नेता मणि साम्पाङ, पत्रकार गणेश पोखरेल र परिवारका तर्फबाट ठगबहादुर खड्काले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here