जैविक खेतीमा जोड

0
263

सुनसरी,असोज १३/  बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो ।
खेतमा असर नपर्ने र मानव स्वास्थ्यमा समेत कुनै असर नपर्ने तथा सबैतिर फाइदा नै फाइदा रहेकाले जैविक खेतीमा जोड दिएको किसान रामशागर मेहताले बताउनुभयो । जैविक खेती गर्दा उर्वरता एवं कृषकहरूको उत्पादकत्व बढाउन सहयोगी भएकाले यही खेती गरेको उहाँको भनाइ छ । उहाँले तरकारी बालीमा वर्षामा आधारित क्षेत्रमा जैविक खेतीको विधि प्रयोग गरेको जानकारी दिनुभयो ।
जैविक विधिद्वारा खेती गर्नका लागि उत्पादनको लागत पनि कम हुने र कृषकले राम्रो आम्दानी गर्न सक्ने भएकोले जैविक खेतीमा मोह बढेको हरिनगर कृषि सेवा केन्द्रका कृषि प्राविधिक भुवनेश्वर यादवले बताउनुभयो । यहाँका चार सय किसानले जैविक विधिमा खेती गरेका र उनीहरूले अधिक लाभ प्राप्त गरेको उहाँको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here