‘मानव अधिकार र विकार सँग सँगै लान अधिकारकार्मीको जोड, गलत कार्यको परिणाम तामसी खानपान’

0
335

प्रदेश आवाज समाचार 
दमक,१३ असोज/  दमकका नगर प्रमुख रोमनाथ ओलीले हिंस्रक सोच नै गलत कार्यको परिणाम भएको भन्दै त्यस्तो विचारलाई निस्तेज गरेर सबै क्षेत्रबाट विकासको मूल प्रवाहमा जुुट्नुपर्ने बताएका छन् । उनले मानवले दानवको ब्यवहार गर्नुमा खानपान र रहन सहनको भूमिका रहने भएकाले तामसी खानेकुरा नखान आग्रह समेत गरे ।

शुक्रबार शुक्रवार दमकमा आयोजित नेपाल मानव अधिकार प्रतिस्ठान झापा शाखाको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । कार्यक्रममा स्वागत मन्तब्य सहितको सम्वोधन गर्दै नेपाल मानव अधिकार प्रतिस्ठान झापाका अध्यक्ष डां नविन चापागाँईले बिकास र मानव अधिकार सँग सँगै रहनु पर्ने भन्दै बढ्लो मानव अधिकार उलंगनका घटना रोक्न सवैको साथ र सहयोग आवश्यक रहेको बताएका छन् ।
यसैगरी स्थानीय सरकारले प्राप्त गरेको अधिकार बुद्धिमतापूर्वक उपयोग गर्न संविधान मस्यौदा समितिका सल्लाहकार काशीनाथ दाहालले सुझाव दिएका छन् । प्रशासन तथा न्याय क्षेत्रका जानकार एवम् उच्च स्तरीय प्रशासन सुधार आयोगका अध्यक्षसमेत रहिसकेका दाहालले यस्तो बताएका हुन् । मानव अधिकारमैत्री विकास पद्धतिमा स्थानीय तहको भूमिका विषय कार्यक्रममा आयोजक संस्था राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले लोकतन्त्र बलियो बन्न मानव अधिकारको पूर्ण ग्यारेन्टी हुनुपर्ने बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाँले हरेक स्थानीय सरकारलाई गुणस्तरीय वस्तु तथा सेवा प्रवाह गर्नुुपर्ने जिम्मेवारी भएको भन्दै कानुनले दिएको अधिकार उपयोग गरी नगरभित्रका जनताको उपभोक्ता अधिकार संरक्षणमा जुुट्नुपर्ने बताए । कार्यक्रममा दमक नगरका १० वटै वडाका सम्पूर्ण जनप्रतिनधी सहभागी थिए भने दमकका केहि सघं सस्थाका प्रतिनिधिहरुको समेत सहभागीता रहेको संस्थाका उपाध्यक्ष धनन्जय वाँस्कोटाले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here