मलेसियामा मृत्यु हुने मध्ये कति जनाको शव नेपाल आयो ?

0
274

असोज ११, मलेसिया /  मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । पछिल्लोपटक अस्पतालमा उपचार गराइरहेका इलामका विमल कार्कीको ज्यान गएको नेपाली दूतावासले जनाएको छ ।

यसअघि उपचारको क्रममा सर्लाहीका शेरबहादुर ठकुरी, ठेगाना नखुलेका शुकुबल घिसिङ र नवलपरासी देउराली ८ का दुर्गा सिंह रानाको ज्यान गएको थियो । यस्तै धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइतसिंह गोलेको पनि ज्यान गएको थियो । विषाक्त रक्सीका कारण बिरामी भएका ९ जना नेपालीको मलेसियामा रहेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

६ जनाको शव ल्याउने तयारी
विषाक्त रक्सीका कारण ज्यान गुमाउनेमध्ये ६ जनाको शव नेपाल ल्याउने तयारी भएको छ । आज या भोलिसम्ममा शव नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार मिमबहादुर घले, रामकुमार यादव, सञ्जय उराव, आइतसिंह गोले, दुर्गा सिंह राना र बलबहादुर बलबहादुर कुलुङको शव नेपाल पठाउन लागिएको हो । बाँकी चार जनाको शव पठाउनको लागि प्रक्रिया भैरहेको पनि नेपाली दूतावासले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here