प्रदेश १ को राजधानी विकेन्द्रीकरण हुने, प्रतेक जिल्लामा कार्यालय बाँडिने

0
286

असोज ८, २०७५ उदयपुर / प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने बताएका छन् । संघीयताको मर्म र भावनाको कदर गर्दै सवै मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका कार्यालयहरू फरक–फरक जिल्लामा राख्ने बताएका हुन् ।

त्रियुगा जनता बहुमुखी क्याम्पस, गाइघाट उदयपुरको ९ औं साधारणसभा तथा आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजानिक कार्यक्रममा यस्तो बताएका हुन् । ‘संघीयताको मर्म अनुसार प्रदेश १ सरकारको मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका सवै कार्यालय एउटै जिल्लामा हुँदैन,’ मुख्यमन्त्री राईले भने, ‘पायक पर्ने क्षेत्र अनुसार फरक–फरक जिल्लामा प्रदेश सरकारका मन्त्रालय, कार्यपालिकाका कार्यालय राख्ने तयारी गरिएको छ ।’ धनकुटामा शिक्षा र स्वास्थ्यको निर्देशानालय खोल्न मन्त्रिपरिषदको बैठकले निर्णय गरिसकेको भन्दै राईले भने, ‘प्रदेश १ का १४ जिल्लामा प्रदेश सरकारका कार्यालयहरू हुनेछन्।

संघीयताको मर्म अनुसार सवै जिल्लामा कुनै न कुनै कार्यालय हुने राईको भनाई छ । ‘एक हप्ताभित्र प्रदेश सरकारका कार्यालयहरू खुल्ने छन,’ उनले भने,‘त्यसको तयारीमा प्रदेश सरकार लागि परेको छ ।’ सोही कार्यक्रममा उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालयको रुपमा विकास गरिने पनि मुख्यमन्त्री राईको उद्घोष छ । ‘प्रदेश १ मा रहेका सामुदिायक क्याम्पसमध्ये त्रियुगा जनता बहुमुखी क्याम्पस उत्कृष्ठ हो,’ उनले भने, ‘यस क्याम्पसलाई नीति तथा कार्यक्रममको विकास गर्न प्रदेश सरकारले नीति तथा बजेट कार्यक्रममा समेत समेटेको छ ।’ त्रियुगा बहुमुखी क्यम्पस भौतिक पूर्वाधारले सुविधासम्म भएको मुख्यमन्त्री राईको जिकिर थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here