आदिवासी जनजाती विद्यार्थीद्वरा दमक क्याम्पसमा तालावन्दी

0
314

 निशेष राई सत्यरुप
८ असोज, झापा दमक बहुमुखी क्याम्पमा अध्यनरत आदिवासी जनजाती विद्यार्थीहरुले  दमक बुहमुखी क्याम्पस तालाबन्दी गरेका छन् । उनिहरुले शुक्रबार प्रसासनलाई ४८ घण्टाको अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका थिए । आदिवासी विद्यार्थी महासंघ, किरातराई विद्यार्थी संघ, नेपाल तामाङ विद्यार्थी घेदुङ र लिम्बु विद्यार्थी मञ्चले संयुक्त रुपमा शुक्रबार बुझाएको ज्ञापन पत्रको क्याम्पसले कुनै जवाफ नदिएको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् ।

ज्ञापन पत्रमा आदिवासी विद्यार्थीको हकमा शैक्षिक अभिबृद्धि तथा व्यक्तित्व विकाशका लागी क्याम्पसले गर्नुपर्ने कुनै पनि काम नगरेको, सेप तथा हेप कार्यक्रम अन्तर्गत आदिवासी जनजाती विद्यार्थीको शैक्षिक तथा ब्यक्तित्व अभिबृद्धीका लागी बनेको १० लाखको अक्षयकोशबाट अहिले सम्म कुनै कार्यक्रम संचालन नगरेको, सातौ क्याम्पस सभामा उक्त अक्षय कोशको रकम आदिवासी विद्यार्थीको लागी खर्च गरीदै आएको भनि झुटो प्रतीवेदन पेश गरेको लगायतको बिषयमा असन्तुष्टि जनाउदै विद्यार्थीहरुले ज्ञापन पत्रमा क्याम्पस प्रमुखको जवाफ माग गरेको थियो ।

तर क्याम्पस प्रसासनले कुनै जवाफ नदिएको कारण बाध्य भएर तालावन्दी गर्नु परेको दमक क्याम्पसका विद्यार्थी तथा किरात राई विद्यार्थि संघ झापा जिल्ला अध्यक्ष सुनिल राईले बताए । क्याम्पस प्रसानले अझै अटेर गरे झनै कडा आन्दोलनमा उत्रने र घटनाको सम्पुर्ण जिम्मेवारी क्याम्पस प्रसासनले लिनु पर्ने उनिहरुले चेतावनी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here